FAQs Complain Problems

गौशाला नगरपालिकाको तेस्रो नगरसभा सम्पन्न

गौशाला नगरपालिकाको ऐतिहासिक तेस्रो नगरसभा २०७६ सर्वसम्मतले सम्पन्न भएको छ । यस नगरसभाका सभाअध्यक्ष तथा नगर प्रमुख श्री शिब नाथ महतो ज्यूको अध्यक्षतामा मिति २०७६ असोज ६ गते सोमबारका दिन बसेको अन्तिम तथा निर्णायक नगरसभामा नगर कार्यपालिकाद्वारा निर्णय गरेको सम्पूर्ण निर्णय हरूलाई छलफल गर्दै सर्वसम्मतले अनुमोदन गरेका छन् । नगर सभाका ६५ वटै सदस्यहरू ले कार्यपालिकाको निर्णयहरू, गौशाला नगरपालिकाको आर्थिक विधेयक २०७६, गौशाला नगरपालिकाको विनियोजन विधेयक २०७६ सर्वसम्मतले पारित गरेका छन् । यस आ.व. २०७६/०७७ मा थुपै गौरवका योजनाहरू निर्माण गरी शिक्षा, स्वास्थ्य, कृषि, पशु, महिला बालबालिका लाई बिशेष प्राथमिकतामा तथा सुशासन तर्फ सुचना प्रविधी लाई बिशेष जोड दिदै सम्पूर्ण विकासका अधारहरूमा बजेट विनियोजन गरेको छ ।