FAQs Complain Problems

करार सेवामा नगर प्रहरी नियुक्त गर्ने सम्बन्धी सूचना

गौशाला नगरपालिका

    नगर कार्यपालिकाको कार्यालय

   गौशाला, महोत्तरी

      प्रदेश नं. २ नेपाल

करार सेवामा पदपूर्ति गर्ने सम्बन्धी सूचना

(प्रथम पटक प्रकाशित मिति २०७६/०८/०५)

यस गौशाला नगरपालिकाको लागी नगर प्रहरी (आपसी समझदारीमा) सेवा करारमा लिन आवश्यक भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले तोकिएको ढाँचामा प्रथम पटक सूचना प्रकासित भएको मितिले १५ दिन भित्र रितपूर्वकको आवेदन फाराम भरी पेश गर्न सम्बन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ ।

तपशिल

क्र. सं.

विज्ञापन नं.

पद

तह

उमेर

न्युनतम शैक्षिक योग्यता

अनुभव

आवश्यक पद संख्या

कैफियत

०३/२०७६ /०७७

नगर प्रहरी सहायक निरीक्षक

सहायक स्तर चौथो

२५ बर्ष पुरा भै ४५ बर्ष ननाघेको 

मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रविणता प्रमाण पत्र तह वा सो सरह उत्तिर्ण गरेको

सुरक्षा निकायमा सहायक निरीक्षक वा सो सरहको पदमा कम्तिमा ३ बर्ष सेवा गरेको

(एक)

 

०४/२०७६ /०७७

नगर प्रहरी जवान             

श्रेणी विहिन

१८ बर्ष पुरा भै २३ बर्ष ननाघेको तर सुरक्षा निकायमा कार्यरत वा अवकास प्राप्तको हकमा ३५ बर्ष ननाघेको

मान्यता प्राप्त शिक्षण संस्थाबाट SEE वा सो सरह उत्तिर्ण गरेको

 

(आठ)

 

 

  • दरखास्त दिने अन्तिम मितिः २०७६/०८/१९
  • दरखास्त आबेदन फाराम पाउने र बुझाउने स्थानः गौशाला नगरपालिका, गौशाला, महोत्तरी
  • दरखास्त फाराम दस्तुरः नगर प्रहरी सहायक निरीक्षकको लागि रु. ७००/- नगर प्रहरी जवानको लागि रु. ५००/- गौशाला नगरपालिकाको नेपाल बैंक लिमिटेड, गौशालामा रहेको च. हि. खाता नं. ०९४०३००००००००४००१००३ (संचित कोष खाता) मा रकम जम्मा गरेको भौचर दरखास्त खाता संगै पेश गर्नुपर्नेछ ।

आवश्यक कागजातहरू:-

  • शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि (छाँया प्रति) थान १
  • नेपाली नागरिकताको प्रतिलिपि (छाँया प्रति) थान १
  • अनुभवको प्रमाणपत्रको प्रतिलिपि (छाँया प्रति) (सुरक्षा निकायमा सेवारतको हकमा) थान १
  • मान्यता प्राप्त स्वास्थ्य संस्थाले दिएको निरोगिताको प्रमाणपत्रको सक्कल प्रति थान १
  • सम्वन्धित इलाका प्रहरी कार्यालय वा वडा प्रहरी कार्यालयबाट जारी भएको चारित्रिक प्रमाणपत्रको सक्कल प्रति थान १
  • पासपोर्ट साईजको फोटो (तीन प्रति), पेश गरिएको सबै प्रतिलिपिको पछाडी उम्मेदवार स्वयमले हस्ताक्षर गरी प्रमाणित गर्नु पर्नेछ ।

आधारभूत शर्तहरुः-

  • पुरुषको हकमा उचाई घटिमा ५ फिट ३ ईन्च, छाति ३१—३३ ईन्च, तौल ५० के.जी. र महिलाको हकमा उचाई घटिमा ५ फिट र तौल ४२ के.जी. भएको । आखा माईनस २ वा प्लस २ भन्दा बढी कमजोर नभएको ।
  • कुनै पनि नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको ।

 बिस्तृत जानकारीको लागी गौशाला नगरपालिकाको वेबसाइट www.gaushalamun.gov.np वा सूचना प्रविधी शाखा (सम्पर्क नं. ९८४९८७५१३४) सम्पर्क गर्न अनुरोध छ ।

द्रष्टव्य: रितपूर्वक पेश नभएका तथा म्याद नाघी दर्ता हुन आएका दरखास्त उपर कुनै कारवाही हुने छैन ।           

                                                                                                                        -प्रमुख प्रशासकीय अधिकृत