FAQs Complain Problems

गौशाला नगरपालिका

गौशाला नगरपालिका नेपालको मधेश प्रदेश अन्तर्गत महोत्तरी जिल्लामा अवस्थित एक नगरपालिका हो । गौशालाबजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ । यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल २०७१ जेष्ठ ४ देखि आएको हो । नगरपालिका घोषणा गर्दा गौशाला, निगौल र रामनगर गाउँ विकास समितिहरू समावेश गरिएका हुन् । आर्थिक वर्ष २०६८/६९को बजेट मार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा गौशाला पनि नगरपालिका बनेको हो ।

गौशाला नगरपालिकाको परिचय:
मधेश प्रदेशको महोत्तरी जिल्ला २०७१ सालमा स्थापित भएको नगरपालिका गौशाला नगरपालिका हो । नेपाल सरकारको मिति २०७१/०१/२५ को निर्णय अनुसार साबिकको गौशाला, निगौल र रामनगर गाविसहरु समायोजन भई घोषणा भएको गौशाला नगरपालिका मिति २०७१/०२/०३ गते देखि कार्यान्यनमा आएको हो । पछि यस न.पा.मा समायोजन भएका  फुलकाँहा, भरतपुर र बेलगाछी गाविस हुन । 

प्रमुख धार्मिक, ऐतिहासि एवं पर्यटकिय स्थल : 
बम्ह्स्थान, जलपा माई मन्दिर, रामजानकी मन्दिर, गणेश मन्दिर, दुर्गा मन्दिर, सल्हेस मन्दिर, महादेव मन्दिर, विश्वकर्मा मन्दिर, निगौल ठाकुर पोखरी, पचाईन माई, सोनिया माई, हनुमान मन्दिर, राधाकृष्ण मन्दिर, पूर्णेश्वर महादेव, शंकर महादेव मन्दिर टुटेश्वर रोड आदि ।

पृष्ठभूमि : 
 गौशाला नगरपालिकामा १२ वडा समाबेश गरिएको छ । यस नगरपालिको २०७८ को जनगणना अनुसार कुल जनसंख्या ७३,००८ रहेको छ । 

नाम : गौशाला नगरपालिका
क्षेत्रफल बर्ग कि.मि.१४४.७३        केन्द्र :  गौशाला बजार, महोत्तरी
वडा संख्या : १२ वटा               जनसंख्या (२०७८ को जनगणना अनुसार) : ७३,००८ 

सिमाना :
पूर्व : बर्दिवास र औरही नगरपालिका, महोत्तरी
पश्चिम :  ईश्वरपुर् नगरपालिका, सर्लाही 
उत्तर : बर्दिवास नगरपालिका, महोत्तरी
दक्षिण : सोनमा गाउँपालिका. र औरही नगरपालिका, महोत्तरी