यस गौशाला नगरपालिकाको लागी नगर प्रहरी (आपसी समझदारीमा) सेवा करारमा लिन आवश्यक भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले तोकिएको ढाँचामा प्रथम पटक सूचना प्रकासित भएको मितिले १५ दिन भित्र रितपूर्वकको आवेदन फाराम भरी पेश गर्न सम्बन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ ।
गौशाला नगरपालिका द्वारा डेंगु रोग नियन्त्रणका लागी धुँवा उडाउने मेसिनको उद्घाटन गर्दै नगरप्रमुख श्री शिवनाथ महतो । डेंगु रोगको खतरा रहेको भन्दै नगरपालिकाले धुँवा उडाउने मेसिन खरिद गरेको छ यस मेसिनको प्रयोगले डेंगु रोग नियन्त्रण गर्न सहयोग गर्नेछ भनी अपेक्षा राखेको छ ।
मिति २०७६ कार्तिक ३० गते गौशाला नगरपालिका द्वारा धान काट्ने मेसिन (Reaper) हस्तान्तरण कार्यक्रममा नगरप्रमुख श्री शिवनाथ महतो तथा उपप्रमुख श्री आशा लामा ज्यू लगायत वडा अध्यक्ष ज्यूहरूको उपस्थिति रहेको थियो ।
गौशाला नगरपालिकाको ऐतिहासिक तेस्रो नगरसभा २०७६ सर्वसम्मतले सम्पन्न भएको छ । यस नगरसभाका सभाअध्यक्ष तथा नगर प्रमुख श्री शिब नाथ महतो ज्यूको अध्यक्षतामा मिति २०७६ असोज ६ गते सोमबारका दिन बसेको अन्तिम तथा निर्णायक नगरसभामा नगर कार्यपालिकाद्वारा निर्णय गरेको सम्पूर्ण निर्णय हरूलाई छलफल गर्दै सर्वसम्म