गौशाला न.पा.गाई गौशालाको आयोजनामा भुमी ब्यबस्था,सहकारी तथा गरीबी मन्त्री र शिक्षा बिज्ञान तथा प्राबिधी मन्त्री तथा मेयर शिबनाथ महतो लगायत अन्य पदाअधिकारी बाट अबलोकन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न ......
उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा जिल्ला स्वास्थ्य कार्यालयको प्रमुख डा. राजिव झा, अध्यक्षको रुपमा नगर प्रमुख शिवनाथ महतो, बिशेष अतिथिको रुपमा नगर उप-प्रमुख आशा लामा एवम् प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद अर्याल लगायत सम्पूर्ण वडा अध्यक्षहरूको उपस्थितिमा सम्पन्न भयो उक्त कार्यक्रममा सात जना उत्कृस्ट महिला स्वयम् सेविकाहरु लाई नगद पुरस्कार र सम्पूर्ण महिला स्वयम् सेविकाहरु लाई १ थान मोबाईल, १ थान दोसला सहित प्रशंसा पत्र वितरण गरेर कार्यक्रम सम्पन्न गरियो |
मिति २०७५-०३-१० गते आइतबार यस गौशाला नगरपालिका को दोश्रो नगर सभा माननीय शिक्षा, विज्ञान तथा प्रबिधी मन्त्रि गिरि राज मणि पोख्रेल को प्रमुख अतिथिमा प्रारम्भ भएको छ
मिति २०७५-०३-०८ गते गौशाला नगरपालिकाको आयोजनामा तथा BMC काठमाडौँ को बिशेष सहयोगमा संचालन भएको एकीकृत सम्पत्ति कर सम्बन्धी २ दिने अभिमुखीकरण तालिममा गौशाला नगरपालिकाका नगर प्रमुख, उप प्रमुख, सम्पूर्ण वडा अध्यक्ष तथा कार्यपालिका सदस्य ज्यू तथा नगर कार्यपालिका कर्मचारी लगायतको उपस्थिति मा कार्यक्रम सम्पन्न भयो |